वर्षकै ठूलो म्युजिक एल्बम लन्च गर्दै धुरन्धर बेक्तित्वो ।
काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह अभिनीत प्रतिक्षित फिल्म ‘धुरन्धर’ को ‘म्युजिक एल्बम लन्च’ समारोह आयोजना गरिने भएको छ।फिल्मको ट्रेलर र गीतहरू सार्वजनिक भइसकेपछि निर्माण पक्षले यो विशेष कार्यक्रम आयोजना गर्न लागेको हो। जियो स्टुडिओले सामाजिक सञ्जाल एक्स पोस्टमार्फत यसलाई वर्षकै सबभन्दा ठूलो म्युजिक लन्च कार्यक्रम भनेको छ।
अमेजन म्युजिक, सारेगम, जियो स्टुडियोज र बी–६२ स्टुडियोजको सहकार्यमा हुन लागेको यो कार्यक्रम विशेष भए पनि सर्वसाधारणका लागि खुला र निःशुल्क गरिएको छ।
यस कार्यक्रममा ठूलो भिड जम्मा हुने अपेक्षा गरिएको छ। कार्यक्रममा मुख्य अभिनेता रणवीर सिंह र सारा अर्जुनका साथै चर्चित र्यापर हनुम्यानकाइन्ड, ज्यास्मिन स्यान्डलास र मधुबन्ती बागची लगायतका कलाकारहरूको उपस्थिति रहने जनाइएको छ। यस घोषणासँगै निर्माण टिमले रणवीर सिंहको नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ। उक्त पोस्टरमा रणवीर लामो दाह्रीसहितको आक्रामक लुक्समा देखिएका छन्। फिल्ममा रणवीर सिंह र सारा अर्जुनका साथमा आर माधवन, अर्जुन रामपाल, सञ्जय दत्त , अक्षय खन्नालगायतका कलाकारहरूको मुख्य भूमिका छ। फिल्म डिसेम्बर ५ देखि विश्वभर रिलिज हुने तयारीमा छ।
