बालेन चढेको हेलिकप्टर बिच बाटोबाट किन फर्कियो ?

Nirwachan-aayog

काठमाडौं । मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले परम्पराअनुसार नै दलका शीर्ष नेताहरूलाई हेलिकप्टरको अनुमति दिएको बताए।

उनले भने, ‘परम्परादेखि नै पार्टीको उच्च नेता र उहाँको सहयोगीलाई हेलिकप्टरको अनुमति दिँदै आएका छौँ। सोही अनुसार हामीले केही दललाई दिएको हो। दलका उच्च नेताहरूले अनुमति अनुसार प्रयोग पनि गर्नुभएको छ।’

हेलिकप्टर काठमाडौं फर्किएपछि रास्वपाका नेता शाहको सचिवालयले आयोगको अनुमति लिएर गएको भए पनि सुरक्षाको कारणले फर्किएको जनाएको थियो। तर त्यसबारेमा आयोगले कुनै विज्ञप्ति जारी नगरेको उनको भनाइ छ।

उनले थपे, ‘कोही नेताहरू हेलिकप्टरको स्वीकृति लिएर बिच बाटोमा पुगेर सुरक्षाको कारणले जान उपयुक्त छैन भनेर फर्किएको हामीले प्रारम्भिक जानकारी पाएका छौँ।’

Share via
Copy link