ड्रोन प्रयोग गरी युक्रेनले रुसी तेल ट्यांकरमा गर्‍यो हमला ।

Untitled design

काठमाडौं । युक्रेनले रूसी तेल ट्यांकरहरूमाथि नयाँ प्रविधिको प्रयोग गरेर हमला गरेको छ । युक्रेनका अधिकारीहरूले बताए अनुसार युक्रेनी नौसैनिक ड्रोनले ब्ल्याक सी हुँदै गइरहेका रूसको ‘छायाँ फ्लीट’सँग सम्बन्धित दुई तेल ट्याङ्करहरूलाई निशाना बनाएका छन् ।

टर्कीका अधिकारीहरूका निशाना बनाइएको ट्यांकरहरूको नाम काइरोस र विराट हुन् । दुवैमा गाम्बियाको झण्डा लगाइएको छ । दुवै ट्यांकरहरूमाथि शुक्रबार टर्कीको तट नजिकै हमला गरिएको थियो । ट्यांकर चालक दलले संकटकालीन कल गरेर ड्रोन हमलाको सूचना दिएका थिए । उनीहरूले मानवरहित समुद्री ड्रोनबाट हमला भएको बताएका हुन् ।

दुई पटकको हमलापछि पनि जहाजमा सामान्य मात्र क्षति भएको र जहाजको अवस्था स्थिर रहनुका साथै चालक दलका सदस्यहरू पनि सकुशल रहेको टर्कीको यातायात मन्त्रालयले जानकारी दिएको छ । किभमाथि शान्ति सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले दबाब दिइरहेको बेला यो घटना भएको हो ।

Share via
Copy link