बीएनपीले मोदीलाई भन्यो–शेख हसिना बंगलादेशलाई सुम्पिनुस् ।

6264cec6883f46b8f106a7b49eaea88410e6869a

काठमाडौं । बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा दुई तिहाई बहुमत जितेर सरकारको बनाउन लागेको बंगलादेश नेशनलस्टि पार्टीले विद्यार्थी आन्दोलनबाट अपदस्त भई भारतमा निर्वासित तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पण गर्न आग्रह गरेको छ ।

बीएनपीका बरिष्ठ नेता सलाहुद्दीन अहमदले यसअघि नै विदेश मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको भन्दै भारतले शेख हसिनालाई बंगलादेश सरकारसमक्ष सुम्पिने अपेक्षा व्यक्त गरेका छन् ।

उनले शेख हसिनाले उनीमाथिको मुद्दाको सामना गर्नका लागि भारतले उनलाई बंगलादेशसमक्ष सुम्पिनुपर्ने बताएका छन् । बंगलादेशको एक अभियोजन निकायले हसिनामाथि मानवताविरुद्ध अपराध गरेको भन्दै फासीको सजाय सुनाएको छ ।

सलाहुद्दीनले भने अवामी लिगलाई अगस्ट २०२४ को जनविद्रोहले नै खारेज गरिसकेको भन्दै उसले चुनावमा भाग नलिदैमा अलोकतान्त्रिक निर्वाचन नहुने बताएका छन् ।

Share via
Copy link