इन्द्र बहादुर वि.क कालिकोटे : म परिवर्तनको आवाज हुँ ।
इन्द्र बहादुर वि.क श्रम संस्कृति पार्टीसँग आबद्ध एक प्रतिबद्ध, जनताको पीडा बुझ्ने देशभक्त नेता हुन्। उनले सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो राजनीतिक यात्रा अघि बढाउँदै आएका छन्।
श्रमिक अधिकार, सामाजिक न्याय र समावेशी विकासको पक्षमा निरन्तर धारणा प्रकट गर्दै आएका इन्द्र बहादुर वि.कले सिन्धुली क्षेत्र नम्बर २ का जनताको आवाज पनि निरन्तर उठाउँदै आएका छन्।
वि.कले बी.ए. एल.एल.बी. तहसम्मको अध्ययन नेपाल ल क्याम्पसबाट पूरा गरेका हुन्।
उनी भन्छन्, “जसरी मैले यसअघि यो क्षेत्रका जनताको आवाज उठाएको थिएँ, त्यसैगरी अब निर्वाचित भएपछि पनि यस क्षेत्रका जनताको आवाज सडकदेखि सदनसम्म पुर्याउने प्रतिबद्धता गर्दछु। यो देशलाई सुशासन र सुदृढ नीतिको आवश्यकता छ, जसको नेतृत्व म गर्न सक्छु।”
विगत लामो समयदेखि नेपाल विकृति विसंगति भ्रष्टाचार विषयमा साथै एमसीसी पास गर्नु हुँदैन भन्ने विषयमा देश र जनतालाई अहित हुने खालको कुनै पनि किसिमको सम्झौता विदेशीसँग गर्नु हुँदैन। भनेर आवाज सडकबाटै उठाइरहँदा पटकपटक हिरासतमा परी विभिन्न मुद्दाहरु उनीले खेपिरहेका छन् ।
उच्च शिक्षा र बौद्धिक पृष्ठभूमिले उनलाई कानुनी ज्ञान, नीति विश्लेषण तथा नेतृत्व क्षमतामा सशक्त बनाएको छ। शिक्षा र अनुभवको संयोजनले उनी जनतासँग स्पष्ट, तथ्यपरक र प्रभावकारी संवाद गर्न सक्षम देखिन्छन्।
