करण के.सी र वर्षाले गरे विवाह ।

637205429_1152027920235066_6084699764345530822_n

काठमाडौँ । क्रिकेटर करण केसी विवाह वन्धनमा बाँधिएका छन् । मनोरञ्जन पत्रकार वर्षा बस्नेतसँग उनले लगनगाँठो कसेका हुन् ।

चार दिनअघि नै विवाह गरेको भए पनि आज तस्बिर सार्वजनिक गरिएको छ । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

करण हालै मात्र नेपालको राष्ट्रिय टिमबाट टि २० विश्वकप खेलेका थिए । वर्षा पनि विश्वकप हेर्न भारत पुगेकी थिइन् । उनीहरुले भारतको चण्डिगढमा विवाह गरेको जनाइएको छ । विवाहमा सिमित निम्तालूहरुको उपस्थिति थियो ।

करण लामो समयदेखि नेपालको क्रिकेट टिमका प्रमुख बलर हुन् । टि २० विश्वकपमा पनि उनी सफल हुन सकेनन् । वर्षा लामो समयदेखि युट्युवमार्फत मनोरञ्जन पत्रकारिता गर्दै आएकी छन् । यो जोडीले केही दिनअघि मात्रै ईंगेजमेन्ट गरेको थियो ।

Share via
Copy link