अमेरिकामाथि भरोसा छैन भन्दै  इरानी संसद्का अध्यक्ष गालिबाफ ।

FILE PHOTO: U.S. President Trump holds a press conference in the briefing room at the White House

FILE PHOTO: U.S. President Donald Trump takes questions as he speaks during a press conference in the James S. Brady Press Briefing Room at the White House in Washington, D.C., U.S., April 6, 2026. REUTERS/Evan Vucci/File Photo

काठमाडौं । इरानी संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले अमेरिकामाथि भरोसा नभएको बताएका छन् । उच्चस्तरीय वार्ताका लागि पाकिस्तान पुगेका गालिबाफले वार्ता सुरू हुनु अघि इस्लामावादबाट यस्तो प्रतिक्रिया दिएका हुन् ।

बीबीसीका अनुसार इस्लामाबाद पुगेपछि प्रतिनिधिमण्डलका साथ आएका इरानी पत्रकारहरूसँग कुरा गर्दै गालिबाफले एक वर्षभन्दा कम समयमा दुईपटक असल मनसायका साथ वार्ता गरे पनि इरानमाथि माथि आक्रमण भएको र कयौं युद्ध अपराध गरिएको बताएका छन् ।

‘हाम्रो उद्देश्य सही छ, तर हामीलाई अमेरिकाप्रति भरोसा छन,’ इरानी संसद्का अध्यक्ष गालिबाफले भनेका छन् ।

इरानी रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) सँग सम्बन्धित इरानको सरकारी न्युज एजेन्सी ‘तसनिम’ का अनुसार गालिबाफले अमेरिकाले साच्चै सम्झौताका लागि तयार भएर इरानी नागरिकलाई वैध अधिकारका लागि मान्यता दिए इरानले सम्झौताका लागि पूर्णतया तत्परता देखाउने पनि बताएका छन् ।

Share via
Copy link