प्रियंका र आर्यनको गीत, सिनेमा जगतमा हंगामा ।
काठमाडौँ । प्रियंका कार्की, आर्यन सिग्देल, कविता नेपालीलगायतले अभिनय गरेको सरोज ओलीको नयाँ गीतमा भारतीय गायिका भूमि त्रिदेवीको स्वर सुन्न पाइनेछ ।
गीतको भिडियोमा प्रियंका कार्की, आर्यन सिग्देल, कविता नेपाली, प्रेमा लाम्गादे लगायतको अभिनय देखिन्छ । सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा भारतीय गायिका भूमि त्रिदेवीले गायनमा ओलीलाई साथ दिएकी छन् । किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका हुन् । उनैले गीतको सम्पादन गरेका हुन् ।

