एसिसी प्रिमियर कपको उपाधि जित्न नेपालको नाम ।

u19-cricket-nepal

काठमाडौँ । एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले १४८ रनको लक्ष्य पाएको छ। युएईको अजमानस्थित करवान मैदानमा घरेलु टोली विरूद्धको फाइनल खेलमा नेपालले जितका लागि १४८ रनको लक्ष्य पाएको हो।

पहिले ब्याटिङ गरेको युएईलाई ४५.५ ओभरमा अल आउट गर्दै १४७ रनमा रोकेको हो। युएईका लागि अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए। उनले १२६ बलमा ६ चौका प्रहार गरे। त्यस्तै नूरउल्लाह अयोबीले ४७ बल खेल्दै २ चौका र २ छक्काको मद्दतबाट २६ रन जोडे। आयान मिसबानले ११ रनले जोडे।

नेपालका लागि दयानन्द मण्डलले ६ विकेट लिए। अप्रजित पौडेलले २ तथा नितेशकुमार पटेल र अशोक धामीले एक/एक विकेट लिए।

Share via
Copy link