पराणको उपलब्दी छैटौं धेरै कमाउने नेपाली फिल्म ।

काठमाडौं । परानले घरेलु बक्सअफिसमा एकपछि अर्को कीर्तिमान रचिरहेको छ । फिल्मले प्रदर्शनको ३० दिन (१३ मंसिरसम्म) १६ करोडभन्दा धेरै कमाइ गरेको छ ।
सिनेमा बक्सअफिसमा पछिल्लो शनिबारसम्म फिल्मको ग्रस कमाई १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस छ । फिल्मले ५ लाख ६९ हजार ७५४ टिकट बेचेको छ । योसँगै फिल्म ‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वकालिन छैटौं धेरै कमाउने फिल्म बनेको छ । फिल्मले पछिल्लो सप्ताहन्तमा ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’ को लाइफटाइम कलेक्सनलाई पनि उछिनेको छ ।

