उपभोग कर्जा बढाउने पक्षमा नेपाल राष्ट्र बैंक ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएको अधिक लगानीयोग्य रकम सर्वसाधारणमा पुर्याउनेगरी कर्जा नीति क्रमशः खुकुलो बनाउँदै लगेको छ । बैंकका पछिल्ला नीतिगत व्यवस्थाले उत्पादनमूलक भन्दा पनि वित्तीय प्रणालीमा रहेको अधिक तरलतालाई जसरी पनि व्यवस्थापन गर्न खोजेको छ ।
कर्जा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न नसकेपछि उपभोगमै भए पनि बढाउने आशयसहित नीति अवलम्बन गरिएको केन्द्रीय बैंकका पूर्व कार्यकारी निर्देशक बताउँछन्।विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेकाले बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन/एकीकरण गर्नसक्ने व्यवस्था गरिने भएको छ ।
अन्तर्राष्ट्रिय असल अभ्यास र आन्तरिक रूपमा विकसित प्रचलनलाई दृष्टिगत गर्दै बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासन अभिवृद्धिका लागि एन्टी ब्राइबरी एण्ड करप्सन पोलिसी सम्बन्धी व्यवस्था गर्ने केन्द्रीय बैंकले जनाएको छ ।
