सेयर बजार सूचकमा ४५ अंकको गिरावट ।

nepse_20220813152439

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रममा मंलबार पनि निरन्तरता पाएको छ । सोमबार ३.०७ अंक घटेको नेप्से परिसूचक मंगलबार ४२.५८ अंक घटेको हो ।

पछिल्ला दिनमा नेप्से सूचक बढ्ने घट्ने जे भए पनि कारोबार रकम भने उच्च हुने गरेको छ । कारोबार रकमले बजार उत्साह अझै कायम रहेको संकेत गर्छ ।

मंगलबार नेप्सेमा कारोबार भएका २ सय २४ कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक नकारात्मक भएको नेप्सेले जनाएको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २१.०९, विकास बैंक ५९.९८, वित्त ६४.५०, लगानी १.८३, जीवन बीमा २४९.६६, लघुवित्त ७३.१४, निर्जीवन बीमा १९९.४१, अन्य ४८.२२ र व्यापार १९.६० अंक घटेका छन् ।

त्यसैगरी होटल १४७.८८, जलविद्युत् ५०.८, उत्पादनमूलक १ सय ३४ अंकले घटेको नेप्सेले जनाएको छ । तर, मंगलबार नेप्सेमा कारोबार भए पनि सामूहिक लगानी कोषको सूचकमा कुनै परिवर्तन आएन ।

मंगलबार नेप्सेमा कारोबार भएका ३४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंक सेयर मूल्य सबैभन्दा धेरै ८.५६ प्रतिशतले बढेको छ ।

मंगलबार नेप्सेमा ३ सय ३३ कम्पनीको १ लाख ४२ हजार ४ सय ७४ कारोबारबाट १४ अर्ब १६ करोड रुपैयाँ बराबरका ३ करोड २ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो कारोबार रकम सोमबारको तुलनामा करिब २ अर्बले थोरै हो । सोमबार नेप्सेमा १६ अर्ब रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

Share via
Copy link