टिकटकर अजय श्रेष्ठले टिकट पाएपछि रास्वपा कार्यालयमा हात हालाहाल ।
काठमाडौं । सिन्धुपाल्चोक २ मा रास्वपाले टिकटकर अजय श्रेष्ठलाई उम्मेदवार बनाएपछि रास्वपा कार्यालयभित्रै हात हालाहाल भएको छ ।
श्रेष्ठले टिकट पाएपछि सिन्धुपाल्चोक २ का रास्वपा कार्यकर्ताहरू आक्रोशित बनेका थिए । केन्द्रीय कार्यालयभित्र श्रेष्ठसँग उनीहरूले लफडा गरे । घटनाको एउटा भिडिओ सार्वजनिक भएको छ, जहाँ हात हालाहालसमेत भएको देखिन्छ ।
सिन्धुपाल्चोक २ घर भएका रास्वपाका बाग्मती प्रदेश सदस्य नीरबहादुर पाख्रिनले श्रेष्ठलाई टिकट दिइएकोप्रति आपत्ति जनाएका थिए । सिन्धुपाल्चोक १ मा घर भएका र त्यहीँबाट टिकटका लागि निवेदन दिएका श्रेष्ठले २ नम्बरमा कसरी टिकट पाए भन्ने उनको प्रश्न थियो ।
