गगन थापा र अमरेशकुमार सिंह आमने-सामने ।

Gagan-Thapa-Amresh-Kumar-Shingh

काठमाडौं । यहाँ कांग्रेस सभापति थापा कांग्रेसकै पुराना अनुभवी नेता डा. अमरेशकुमार सिंहसँग आमने सामने हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेता सिंहले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

स्वतन्त्र उम्मेदवारी दिएका सिंह २० हजार १७ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए । उनलाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाएका थियो ।

निर्वाचनमा सर्लाही ४ का अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १४ हजार ६२२ मत पाएर तेस्रो भएकी थिइन् । चौथो भएका जनता समाजवादी पार्टी जसपा नेपालका राजेशकुमार मिश्र ५ हजार ८१३ पाएका थिए ।

नेता सिंह प्रवेश गरेको पार्टी रास्वपाका उम्मेदवार धिरज ठाकुर ३१८ पाएर नवौं स्थानमा आएका थिए ।

Share via
Copy link