स्वागत नेपाल साइबर ब्युरो जाँदै।
काठमाडौँ। साइबर ब्युरोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ।ब्युरोको टोलीले उनलाई फोन सम्पर्क गरी कार्यालयमा बोलाएको हो।उनीमाथि केही विषयमा बुझ्नका लागि बोलाइएको प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले जानकारी दिए।
‘गम्भीर विषय होइन, केही विषयमा बुझ्नका लागि उहाँलाई बोलाइएको हो,’ उनले भने। नेपालले केही समयअघि नेपाली सेनाले स्थितिमा नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ भनेर टिप्पणी गरेका थिए। उनी राप्रपाबाट झापा-२ मा उम्मेदवार छन्।
पृथ्वीनारायण शाहले अंशबण्डा गरेर देश टुक्राउने आफ्नै परिवारका र सगोत्रीलाई पनि टुक्र्याएका थिए अहिले पनि देश टुक्रयाउन खोज्नेलाई टुक्राउनुपर्छ, म पृथ्वीनारायण शाहजस्तै आफ्नै परिवारको भएपनि देश टुक्रयाउन खोज्नेलाई टुक्राउँछ भनेको विषयमा पक्राउ गर्न खोजिएको रहेछ,’ प्रवक्ता श्रेष्ठले भनेका छन्।
उनले अनावश्यक दु:ख दिन खोजेको र चुनावी गति अवरूद्ध गर्ने प्रयास सह्य नहुने पनि बताएका छन्।
