जगदीश खरेल: नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य ।

cabinet-_decision-news-photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका साथै समुन्नत नेपाल निर्माणका लागि डिजिटल रुपान्तरण अनिवार्य भएको बताएका छन् ।

उनले भने, “आजको राष्ट्रिय ए.आई नीति संवाद केवल नीति निर्माणको विषय मात्र होइन, यो सम्भावनाको प्रतीक हो, जहाँ प्रविधि, शासन प्रणाली र नयाँ पुस्ताका आकांक्षाहरू एकापसमा भेटिन्छन् ।”

सञ्चारमन्त्री खरेलले नेपालको ए.आई नीति जारी भएसँगै राष्ट्रिय एआई केन्द्र स्थापना गरेर डिजिटल रुपान्तरणको आधार तयार गरिसकेको बताए । उनले भने, “यो त केवल सुरुआत मात्र हो, वास्तविक परीक्षा भनेको कार्यान्वयन हो । यसको उद्देश्य रोजगारी, नवप्रवद्र्धन र प्रत्येक नागरिकको जीवनमा असर पार्ने सेवामा रुपान्तरण गर्नु हो ।”

उनले नेपालका लागि ए.आई भूगोल, कमजोर पूर्वाधार र सीमित स्रोतका अवरोधहरुलाई छलाङ मारेर पार गर्ने अवसर भएको उल्लेख गरे।

Share via
Copy link