भारी हिमपातका कारण २०० यात्रु अलपत्र, मध्यपहाडी लोकमार्ग अवरुद्ध ।
काठमाडौँ। मंगलबार रातिदेखि परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुमपूर्व–बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । दुई जिल्लाको सिमानामा पर्ने पातिहाल्ने क्षेत्रमा बाक्लो हिउँ जमेपछि काठमाडौंबाट आएका ५ वटा बससहित करिब २०० यात्रु अलपत्र परेका छन् ।
लोकमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट रुकुमपूर्व हुँदै रुकुमपश्चिम र डोल्पाका लागि हिँडेका यात्रुहरू बीच जंगलमै रोकिएका हुन् । चिसो र भोकका कारण यात्रुहरूको अवस्था जोखिमपूर्ण रहेको उद्धारमा खटिएका स्थानीय समाजसेवी चन्द्र रसाइलीले जानकारी दिए ।
