एमाले महाधिवेशन निर्वाचनको तयारी सुरु ।

kp oli

काठमाडौ । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आउन अब एक हप्ता मात्र बाँकी छ ।

भक्तपुरको सल्लाघारीमा आगामी २७ मंसिरमा महाधिवेशन उद्घाटन गर्ने तयारी भइरहेको छ । केही जिल्लाको विवाद बाहेक महाधिवेशन प्रतिनिधि चयनको काम पनि सकिएको छ ।

‘यो महाधिवेशन नेतृत्व चयनका निम्ति भइरहेको छ । तर निर्वाचन आयोगले पाउनुपर्ने प्राथमिकता पाएको छैन,’ आयोगका सदस्य समीर नेपालले भने । अहिलेसम्म आयोगलाई एउटा कम्प्युटर उपलब्ध गराउनु बाहेक अरु सहयोग केन्द्रीय कार्यालयबाट भएको छैन ।

Share via
Copy link