दाङका बामदेव गुरुङ रास्वपाबाट एमालेमै फिर्ता ।
काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का बामदेव गुरुङ पुनः एमालेमा फर्किएका छन् ।
केही दिनअघि एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका गुरुङलाई एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले पुनः पार्टीमा फर्काएकी हुन् ।
पार्टी स्रोतका अनुसार गुरुङले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पुनः एमालेमै सक्रिय भएर काम गर्ने निर्णय लिएका हुन् । उनी लामो समयदेखि एमालेको संगठन निर्माण र स्थानीय तहको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए।
गुरुङको पुनरागमनले वडा नम्बर ४ सहित घोराही क्षेत्रमा एमाले संगठन थप सुदृढ हुने पार्टी नेताहरूको दाबी छ । गुरुङले आफू पार्टीभित्रै रहेर जनताको विकास र समृद्धिका पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
