झापा- ५ रास्वपा सम्पर्क कार्यालयको भवनमा ढुंगा प्रहार ।
काठमाडौँ । झापा-५ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कमल गाउँपालिका सम्पर्क कार्यालय राखिएको घरमा गयराति ढुंगा हानिएको छ ।
कमल गाउपालिका-२ स्थित जयप्रकाश अधिकारीको घरमा कार्यालय राखिएको थियो । राति ढुंगा हानेर उनको घरको झ्यालको सिसा फुटेको प्रहरीले जनाएको छ । रास्वपाको सम्पर्क कार्यालय माथिल्लो तलामा खोलिएको छ । ढुंगाले घरबेटी बस्ने कोठाको सिसा फुटेको झापा प्रहरीले जनाएको छ ।
सो झापाका सीडीओ शिवराज गेलालले सम्पर्क कार्यालय भएको कोठामा भने केही नभएको बताए । रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले सम्पर्क कार्यालय रहेको घरमा ढुंगा हानिएको विषयमा अनुसन्धान हुनुपर्ने बताए ।
Photo : Nepal Press
