बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि प्रचण्डको भनाइ ।

1658387849_Prachanda_Baburam_-1200x560_20220814165749_20240925130432

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नम्बर २ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएको विषयमा टिप्पणी गरेका छन्।

संयोजक प्रचण्डले भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेलाई सहज भएको दाबी गरेका हुन्।

‘हामीबीच भएको संवादले अब भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने विश्वास छ,’ सिंहदरबारमा आज भएको राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने।

संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए।

Share via
Copy link