योगेश भटराई : टिकट नपाएको भन्दा पनि अध्यक्षको टिप्पणीले दुःखी छु ।
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस नगर्ने बताएका छन्। उनले आफूले टिकट नपाए पनि विचलित नभएको बताएका छन्।
उनले भनेका छन्, ‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो । नो इफ, नो बट, म विचलित र निराश छैन ।’
उनले भनेका छन्, ‘अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जीतको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन।’
