बालेन-रवि सँगै देखिँदा उत्साहित भयो जनकपुर ।

thumb (1)

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सभा आयोजना गरेको छ । रास्वपाले यो सभालाई ‘परिवर्तन उद्घोष सभा’ नाम दिएको छ ।

सभामा सहभागी हुनका लागि तिरहुतिया गाछीमा आयोजित सभामा सहभागी हुन नजिकका विभिन्न जिल्लाहरूबाट बाक्लो संख्यामा समर्थकहरूको भिड थियो ।

काठमाडौंको मेयरबाट राजीनामा दिएर जनकपुरमा सम्बोधन गर्न पुगेका बोलेनले मैथिलि भाषामा सम्बोधन गरे । उनको सम्बोधनका क्रममा भिड उत्साहित देखियो ।

छोटो सम्बोधन गरेका बालेनले काठमाडौंको मेयरका रुपमा धेरै काम गर्न नसकिएको, अब प्रधानमन्त्री बनेर जनताको मुहार फेर्न चाहेको लगायतका भाषण गरे ।

सभापति लामिछानेले भने आफू बालेनसँगको सहकार्यबारे निकै उत्साहित भएको बताए ।

Share via
Copy link