जाँचबुझ आयोगमा बयान दिन पुगे पूर्व गृहमन्त्री लेखक।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबारे छानबिन गर्न गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिन थालेको छ ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षतिमा तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकसँग आयोगले बयान लिन लागेको हो ।
लेखकले आजै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक पनि गर्ने उनको सचिवालयले जनाएको छ ।लेखकलाई यही पुस ८ गते बयानका निम्ति आयोगले पत्राचार गरेको थियो । सरकारले जेनजी आन्दोलनका घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो ।
