बालेन–कुलमान भेट : रास्वपा प्रस्तावमा अझै सहमति छैन।

balen-kulman_hY23oRd3PQ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ऊर्जामन्त्री कुलमान घिसिडलाई आफूलाई रास्वपाले गरेको प्रस्तावबारे ब्रिफिड गरेका छन् ।शनिबार बालेन र कुलमानबीच जारी भेटवार्तामा बालेनले कुलमानलाई शुक्रबार रास्वपा पक्षबाट भएका प्रस्तावबारे ब्रिफिङ गरेका हुन् ।

कुलमान निकट स्रोतका अनुसार बालेनले प्रधानमन्त्री लगायतको प्रस्ताव आएको र स्टेकको कुरा अझै नमिलिसकेको कुराहरू सुनाएका थिए ।‘ठ्याक्कै केके भयो त अब सकिएपछि मात्र आउँछ । हामीले थाहा पाएअनुसार हिजो रास्वपाले गरेको प्रस्ताव उहाँले सुनाउनुभयो । त्यसमा रास्वपासँग अधिकांश विषयमा कुरा मिल्न बाँकी नै रहेको  बुझिएको छ,’ स्रोतले भन्यो ।अहिले दुई जनाबीच छलफल जारी छ । छलफल भएको स्थान भने स्पष्ट खुलाइएको छैन ।

Share via
Copy link