रवि लामिछाने थुनामुक्त भएतापनि के के गर्न नपाउने ।
काठमाडौँ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न आदेश भएको हो तर पनि उनी देशबाट बाहिर जानुपरेमा या अन्य कुनै विदेशी गतिविधि गर्नुपरेमा सरकारी निकायहरूबाट स्वीकृति लिनुपर्नेछ ।
उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ ।
रविलाई धरौटीमा रिहा गर्न आदेश भए पनि छबिलाल बन्जाडेको हकमा भने रिहाइको आदेश नभएको सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।
