हर्क साम्पाङ नेतृत्वको पार्टी उपाध्यक्ष पक्राउ।

bishwokranti-lama-e1765889520301

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। उनलाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी मनोज केसीले अनलाइनखबरलाई जानकारी दिए।

केही समयअघि पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई मंगलबार पक्राउ गरिएको केसीको भनाइ छ।

Share via
Copy link