दुर्गा प्रसाईंले सरकारसँग वार्ताका लागि समिति गठन।

Durga-prasaain-pm-barta-1024x500

काठमाडौं । सरकारसँग वार्ता गर्नका लागि दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीन सदस्यीय समिति गठन गरेको छ । जसमा महाअभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बुलाई वार्ता समिति संयोजकको जिम्मेवारी दिइएको छ । त्यसैगरी सदस्यहरूमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर छन् ।

महाअभियानका अध्यक्ष प्रसाईंले सोमबार एक विज्ञप्ति निकाल्दै वार्ता समिति गठन गरिएको बारे जानकारी गराएका छन् ।आइतबार मात्रै सरकारले आगामी २ पुसमा हुने छलफलका लागि वार्ता टोलीको नाम टुंगो लगाएर पठाउन भन्दै महाअभियानलाई पत्राचार गरेको थियो ।त्यसपछि वार्ता टोली टुंगो लगाइएको प्रसाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रसाईं समूहले यसअघि विभिन्न २७ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । ती विषय मध्ये तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरुको सम्बन्धमा वार्ता गर्नका लागि सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको छ ।

Share via
Copy link